दाङ, पुस ६ : दाङको राम्रीमा बा ४ ख ९७६६ नम्बरको स्कुल बस दुर्घटाना भएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाईतेको उद्धार गरिएको तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिएको छ।
तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ मा बस दुर्घटना भएको हो। राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको बताए।
अहिले दाङ र सल्यानको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेको बताए। घटनाको थप विवरण आउन बाँकी छ। समाचार अपडेट