दाङमा रोकीयो वालविबाह

रिपोर्ट नेपाल | 2019 Dec 03 | 10:46 am 2088

दाङ, मंसिर १७: सोमबार दाङ घोराही उपमहानगरपालिका १५ न्यू रोड स्थित भइरहेको वालविबाह रोकिएको छ ।

स्थानिय संचारकर्मी लगाएत विभिन्न क्षेत्रबाट वालविबाह भइरहेको सुचना प्राप्त भएपछि यस कार्यलयबाट प्रहरी टोली खटी उक्त कार्य रोकेको हो ।

विवाहमा १६ वर्षीया रजिया मिया (दुलही) सहित उक्त वालविबाहमा संलग्न दुबै तर्फको अविभावकहरूलाई प्रहरी कार्यालयमा ल्याई सोधपूछ गरिएको थियो ।

सोधपुछ गर्दा मुस्लिम परम्परा अनुसार दुलही पक्षले कपिलवस्तु चन्द्रौटा बस्ने आलम मिया सँग विबाह गर्न तयारी गरेको र दुलाह हाल दुलही सँग नभएको हुँदा स्थानीय संचारकर्मीहरू र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरी उक्त विवाह रोकेका हुन् ।

उक्त छलफलबाट दुलहीलाई आफन्तको जिम्मा लगाई भविष्यमा कानून अनुसार मात्र विवाह गर्ने गरी पठाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.