दाङमा यात्रुवाहक बस दुर्घटना, ४ यात्रु घाइते

रिपोर्ट नेपाल | 2019 Apr 28 | 05:49 pm 2256

दाङ, वैशाख १५ : दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

बस हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइहरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.