दाङमा बन्दकर्ताद्वारा टिप्परमा आगजनी

| 2022 Aug 23 | 07:28 am 1617

काठमाडौं, भदाै ७ः ‘विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका थिए साेही क्रममा बन्दकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् ।

चाररपाँच जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।

तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.