दाङमा जीप दुर्घटना हुँदा तीनकाे मृत्यु, १९ घाइते

| 2021 Dec 12 | 09:04 pm 1265

दाङ, मङ्सिर २६ः तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटना हुँँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर कपुरकोट गाउँपालिका वडा नम्बर ३ का४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्का रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १९ जना घाईते भएका छन् । घाईते मध्ये छ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङका २२ वर्र्षीया लक्ष्मी बुढा, गाउँपालिका ३ का ४५ देवा चापागाई,२७ वर्षीय भुपबहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा पाँच वर्षीया दिपेश थापा, ४ किमिरेचौर बस्ने ३६ वर्र्षीय डम्बरबहादुर बुढाथोकी, १८ वर्र्षीया अनिता पुन १ बस्ने आरति पुन, १९ वर्र्षीया रमिता बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.