दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 17 | 10:33 am 1153

दाङ, असार ३ः करेन्ट लागेर दाङमा शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरी रहेका छन् ।

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो। गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.