दाउरा काटने क्रममा एक जनाको लडेर मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 17 | 09:34 pm 2156

गुल्मी, चैत्र ३ : आइतबार दाउरा काटने क्रममा १ जनाको लडेर मृत्यु भएको छ । जिल्लाको ईश्मा गाउँपालिका वडा नम्बर–४ निवासी ७५ बर्षिय कृष्ण बहादुर घर्ती रहेका छन् । उनको दाउरा काटने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खड्काका अनुसार आईतबार साझँपख दाउरा काटने क्रममा उनको लडेर मृत्यु भएको बताए । घर्तीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.