दशैंमा सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेरिने

| 2018 Oct 12 | 12:30 pm 1327

काठमाडौं, असोज २६ : सर्वोच्च अदालतलगायत देशभरका अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणका लागि मात्रै इजलास खोल्ने भएका छन्।

अदालतमा अन्य मुद्दाको पेसी भने घटस्थापनाको दिनदेखि नचढेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। बिदामा अदालत सञ्चालन नगर्ने परिपाटी धेरै समयदेखि रहेको उनको भनाइ छ।

अनधिकृत रूपमा थुनामा रहेका बन्दी र आफ्नो सजाय अवधि पूरा भएका कैदीबन्दीलाई फुकुवा गर्न मात्रै अदालतले इजलास खोल्ने गरेको छ। त्यस्ता मुद्दामा अदालतले बेन्च गठन गर्ने गरेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.