दशैंको मुखमा चामल बिक्री बन्द

| 2022 Sep 29 | 07:58 am 2253

सुर्खेत, असाेज १३ः खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो ।

दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।

कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ ।

सोमबार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट-६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन् । जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् । कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल विक्री भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.