दलित युवा हत्याको विरुद्धमा सिरहाको भगवानपुरमा बिरोध

रिपोर्ट नेपाल | 2020 Sep 06 | 09:46 pm 1930

  • महेश सिंह

सिरहा, भदौ २१ः सिरहाको भगवानपुर गाउँपालिकामा शान्तिपुर्ण बिरोध र्यालि सम्पन्न भएको छ् । दलितमाथि भईरहेको हिंसा र हत्याको विरुद्धमा कार्यक्रम सम्पन्न भएको हो।

No description available.

उक्त बिरोध र्यालीमा सयौं व्यक्तिहरुको सहभागिता रहेको थियो । भगवानपुर गाउँपालिका कल्याणपुरको दलित बस्तिबाट निकालिएको र्याली भगवानपुर बजार परिक्रमा गरी गाउँपालिकाको कार्यालयको अगाडि गएर स्थानीय सरकारलाई चुनौती दिदै कोण सभामा परीणत गरिएको थियो ।

दिनानुदिन दलितमाथि भईरहेको हत्या, हिंसा, अत्याचार र शोषण बन्द गर्न भन्दै सरकार विरुद्ध आन्दोलन गरेका हुन् ।

सखुवानानकारकटि गाउँपालिका अध्यक्ष पदका प्रत्याशि तथा बिसेन्द्र पासमान नेतृत्वका बहुजन शक्ति पार्टीका जिल्ला अध्यक्ष तथा पार्टीका प्रभावशाली नेता देबनारायण राम स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष पदका समेत उमेदवार र प्रनिनिधि सभा सदस्यको समेत प्रत्यासी रहेका राम पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।

No description available.

दलितमाथि भईरहेको हिंसा र हत्या रोकिएन भने हामी सबै दलित एक जुट भएर देशब्यापी रूपमा सशक्त रुपमा आन्दोलन गर्ने उनले कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताए ।

अर्का दलित नेता भगवानपुर गाउँपालिकाका दलित अगुवा तथा अध्यक्ष पदका प्रत्यासि रमेन मण्डलको समेत उपस्थिति रहेको थियो । मण्डल बहुजन शक्ति पार्टीका प्रदेश सदस्य समेत रहेएका छन्।

देश भरिमा दुई दर्जन भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएकोमा उनले दुःख व्यक्त गर्दै कार्यक्रममा सहभागी दलित समुदायका महिला पुरुषहरुलाई सचेत पर्दै कार्यक्रम स्थलमा समपूर्ण मृतकका आत्माको चिर शान्तिको कामना गर्दै उनीहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

No description available.

सिरहाको लहान नगरपालिका १ कृष्णटोल मटियर्वाका रोशन राम, सप्तरी जिल्लाको त्रिभुवनदेब मण्डल, सप्तरीका सुकदेब मण्डल, विराटनगरका राकेश ऋषि देब सदा, धनुषाको राजुु सदा, शम्भु सदा, रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा, बिजय कुमार राम, जाजरकोटका नबराज बिक, रुपन्देहीका अंगिरा पासी लगायतका मृतकलाई सहिद घोषणा गर, डिएसपी ज्ञान कुमार महतोलाई निलम्बन गर, पीडितलाई न्याय देउ, हत्यारालाई कारबाही होस, लगायतका नाराहरु राखी शान्तिपूर्ण रूपमा आन्दोलन गरेको दलित अगुवा तथा बहुजन शक्ति पार्टीबाट भगवानपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदका प्रत्याशी बिन्देश्वर मण्डलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.