दलित महिला विद्यालय व्यवस्थापन समितको अध्यक्ष बन्दा गैर दलितद्वारा तालाबन्दी

रिपोर्ट नेपाल | 2020 Aug 06 | 12:43 pm 2034

  • महेश सिंह

सिरहा, साउन २२ः सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ स्थित रहेको प्राथमिक विद्यालय कुथनमामा दलित महिला सर्वसम्मतले विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा भवानी महरा चयन हुँदा आफुलाई ठुलो र उच्च ओहोदाको जाति भनाउदाहरुले अध्यक्षमा कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेका छन् ।

उक्त स्कुलमा अधिकांश दलित समुदायको बालबालिकाहरु अध्यन गर्ने गर्दछन । विद्यालय व्यवस्थापन समिति विद्यार्थीका अभिभावकहरू बसेर स्कुलको समिति चयन गरेका हुन् ।

दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले आफूलाई चयन गरेको दाबी गरेका छन् । दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गरेमा उनले दुःख व्यक्त गरेका छन्।

जातिय विभेदे अन्त्य गरी तालाबन्दी बन्द गरी सहज वातावरण सिर्जन गर्न सम्बन्धित निकायसँग माग गरेका उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.