दरबारमार्गमा ५ वटा रेड पाण्डासहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 04 | 05:14 pm 1657

काठमाडौं, भदौ १९ : काठमाडौंको दरबारमार्गबाट ५ वटा रेड पाएडासहित दुई जना पक्राउ परेका छन् । महागनरीय प्रहरी वृत्त, दरबारमार्गले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले पुष्टि गरे । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन ।थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.