दमकमा युवाहरूबीच झडप हुँदा एककाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Jul 24 | 06:52 pm 1901

झापा, साउन ८:  दमक नगरपालिकामा दुई युवाहरूकाे समूहबीच झडप भएको छ । उक्त झडपमा परी एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

साेही झडपमा परी घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ । अहिले घाइतेहरुको उपचार बी एण्ड सी अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.