काठमाडाैं, मंसिर १८ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
सोही क्रममा, मिति २०७९ मंसिर १८ गते United Nations Mission in South Sudan (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
साथै, उक्त मिशनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २ सय १३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा मिति २०७९ मंसिर १७ गते उक्त Airlines मार्फत स्वदेश आगमन भएका छन् ।