दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

| 2023 Jan 10 | 03:22 pm 1849

काठमाडाैं, पुस २६ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना खट्टिने क्रममा, साेमबार United Nations Mission in South Sudan (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु सेनानी प्रविन उप्रेतीको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी राजन दाहालको कमाण्डमा खटिएको उक्त गणका ६३६ जना सकलर्दजाहरु यस अगावै मिशन ईलाकामा पुगिसकेका छन् ।

यस्तै, उक्त मिशनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाका २१३ जना शान्ति सैनिकहरु सेनानी रेखराज श्रेष्ठको नेतृत्वमा मिति २०७९ पौष २५ गते उक्त Airlines विमानमार्फत स्वदेश आगमन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.