दक्षिण लाओसमा बाँध भत्किदा ३६ को मृत्यु, ९८ बेपत्ता

रिपोर्ट नेपाल | 2018 Aug 13 | 06:31 pm 1807

लाओस, साउन २८ : लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ ।

लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा भेटिएको बताएका छन् । घाइते भएका तीन व्यक्तिको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

उद्धारकर्ता र सैनिकको टोलीलाई उद्धार कार्यका लागि अन्य उपकरणको आवश्यकता भएको ब्रिगेडियर जनरल फालोमले सञ्चार माध्यमलाई आइतबार जानकारी दिएको छ ।

करिब ५८५ सैनिक र सिंगापुरका १७ जना उद्धारकर्ताहरुले लगातार बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन् । तर पानी सहितको बाक्लो लेदो माटोको कारण उद्धारकार्यमा कठिनाइ भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.