दक्षिण कोरियाका पर्वतारोहण समूह नेपाल आउने

रिपोर्ट नेपाल | 2018 Sep 19 | 07:49 pm 2002

काठमाडौं, असोज ३ : दक्षिण कोरियाको ईन्छन व्यवसायी महासंघका प्रमुख कार्यकारी अधिकृतहरूका पर्वतारोहण समूह नेपाल आउने भएका छन् । “नेपाल एभरेष्ट मायाको ट्रेकिङ’’ नामकरण गरी ७ सदस्यहरूको टोली यही सेप्टेम्बर १८ तारिखमा नेपाल आउने भएका हुन् ।

टोलीले संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको बेस क्याम्पसम्मको यात्रा गर्ने छन् । विकट र पिछाडिएका बालबालिकाहरूको आत्मबल बढोस् भनेर विद्यालय र अनर्थ आश्रममा पनि जाने जनाएका छन्।

कोरिया मानव संसाधन विकास केन्द्रको नेपाल शाखा (नेपाल ई पि एस सेन्टर)को सहयोगमा विकट पहाडी क्षेत्रका दुर्इ विद्यालय र काठमाण्डौंका एक अनार्थालयमा गएर सहयोग गर्ने योजना समेत रहेकाे छ ।

सेप्टेम्बर १९ तारिखमा श्री पेमा छोलिङ आधारभूत विद्यालय (सोलुखुम्बु), २० तारिखमा श्री युवा वर्ष आधारभूत विद्यालय (सोलुखुम्बु) अक्टोबर १ तारिखमा बाल मन्दिर, काठमाडौंमा लगभग ३० लाख कोरियन वन सहयाेग गर्ने जनाएका छन् ।

यो कार्यक्रम १६ दिनको हुनेछ ।  कार्यक्रम ईन्छन व्यवसायी महासङ्घका प्रमुख कार्यकारी अधिकृतहरूको पर्वतारोहण समूहको सन् २०१७मा परेको १०औं स्थापना दिवस मनाउनको लागि सञ्चालन गरेको हो । यस समूहका सदस्यहरू ईन्जे देहाका नामक व्यवसायीहरूको अध्ययन समूहका भूतपूर्व छात्रहरु पनि हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.