थ्रेसरकाे पट्टाले लागेर कञ्चनपुरमा एक जनाकाे मृत्यु

| 2020 Apr 14 | 12:06 pm 1961

कञ्चनपुर, बैशाख २: साेमबार राति भीमदत्त नगरपालिकाको वनगाउँमा गहुँ झार्दा गर्दा गहुँ मेसिन (थ्रेसर) को पट्टाले लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा स्थानीय नरी चन्द रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिएकाे हाे । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

गहुँ थ्रेसिङ गर्ने क्रममा गत साताशुक्लाफाँटा नगरपालिका–११ का एक महिलाको समेत मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.