थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 03 | 05:37 pm 1946

काठमाडौं, साउन १८:  थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ३ का ३४ वर्षीय प्रवीण कुमार लाभ रहेका छन् ।

ठगी मुद्दा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा प्रवीणले उनीहरूलाई छुटाइदिन्छु भनि धनुषा जनकपुर उपमहानगरपालिका २ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते उक्त नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त भए पश्चात सोही परिसरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.