थारु पत्रकार संघ रुपन्देहीमा सात सदस्यीय नयाँ कार्य समिति चयन

रिपोर्ट नेपाल | 2019 Aug 29 | 08:26 am 2224

बुटवल, भदाै १२: थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीको साधारण सभा तथा तेस्रो अधिवेशनबाट राज चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन भएको छ।

सैनामैना २ थारु होम स्टे रुपन्देहीमा बुधाबार भएको अधिवेशनबाट पुनः राज चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। जसको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा पवित्रा चौधरी, सह–सचिवमा यमुना चौधरी, कोषाध्यक्षमा मंञ्जित चौधरी सर्वसहमाती बाट निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विष्णु चौधरी र सरश्वती चौधरी निर्वाचित भएका हन्। यस्तै थारु समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी पत्रकारीता मार्फत कलम चलाउँदै आएका पत्रकार किस्मत चौधरीलाई सम्मान गरिएको थियो।

अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तुलसी चौधरीले पत्रकारिता पेशा निकै चुनौतीको पेशा रहेको बताए। उनले पत्रकारीता पेशा चुनौतीको बाबजुत अबसर पनि रहेको भन्दै अवसरहरुको खोजीगर्न सक्ने पत्रकार नै असली पत्रकार रहेको जिकिर समेत गरे।

उनले पत्रकारीता पेशालाई चुनौती देखेर भग्ने असली पत्रकार नरहेको भन्दै थारु समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न सक्रिय भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

त्यस्तै थारु पत्रकार संघका केन्द्री सदस्य तथा प्रदेश नं. ५ का संयोजक सन्तोष दहितले थारु समुदायको हक अधिकार सुनिश्चित गर्न एक जुटभएर लाग्नुपर्ने बताए। उनले थारु पत्रकार संघ नेपालले अबका दिनहरुमा थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्धन गर्नको लागि विभिन्न समाजसेवी, अगुवा , बुद्धिजिवी पत्रकारहरु विच विभिन्न किसिमको छलफल र अन्तरक्रिय गर्दै अगाडी बढ्न आवश्य रहेको बताए।

त्यस्तै कार्यक्रममा कार्यक्रममा थारु कल्यणकारिण सभाका केन्द्रीय पर्षाद रामबली चौधरी, थारु कल्यणकारिणी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष सोनु थापा, थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष शतिस कुमार चौधरी, थारु पत्रकार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष श्याम सि.टी., सम्मानित भएका पत्रकार किस्मत चौधरी, रेख प्रसाद चौधरी लगयतले बोल्दै नव निर्वाचित थारु पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारीता मर्फत थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण गर्न एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया