थाइल्यान्डका प्रधानमन्‍त्री पनि ओर्लीए काठमाडौं

| 2018 Aug 30 | 10:13 am 1648

काठमाडौं, भदौ १४: राजधानी काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डका प्रधानमन्त्री प्रयुट् चानओचा पनि काठमाडौं ओर्लिएका छन्।

उनी थाइल्यान्डको विशेष विमानबाट बिहीबार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलार्इ उपप्रधान तथा रक्षामन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले विमानस्थलमै स्वागत गरेका थिए।

यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद पनि नेपाल आइपुगेका छने भने बुधबार भुटान र श्रीलंकाका प्रधानमन्त्री आएका थिए। नेपाल आउने पहिलो विदेशी पाउन म्यानमारका राष्ट्रपति विन मिन्ट हुन्। उनी मंगलबार नै नेपाल आइपुगेका थिए।

भीभीआर्इपी आउने क्रममा काठमाडौं उपत्यकाको यातायातमा केहीबेर अवरोध भएका छन् भने हवाइ उडान पनि प्रभावित भएको छ। आज बिहान ८ बजेदेखि साढे दुर्इ घण्टा नेपाली आकाश नै बन्द गरिएको छ।

आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले स्वागत गरेका हुन्।

प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.