एजेन्सी : थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारका सदस्यले देश राजनीतिक गतिविधिमा सक्रियतापूर्व हात हाल्दैनन् । तर, थाइल्याण्डकी राजकुमारी उबोलरतना राजकन्याको एउटा कदमले अहिले विश्वभर नयाँ तरङ्ग सिर्जना गरेको छ ।
उनले आउँदो मार्च २४ का लागि घोषणा भएको निर्वाचनमा प्रधानमन्त्री पदका दागि उम्मेद्वारी घोषणा गरेपछि अहिले विश्वभर एक नयाँ राजनीतिक तरङ्ग र वहस सिर्जना गरेकी छिन् ।
स्व. राजा भूमिबोल अदुल्यादोजकी छोरी ६७ वर्षीया उबोलरतना निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिने भएकी छिन् । थाइल्याण्डमा शुक्रबारसम्म हरेक दलले आफ्ना प्रधानमन्त्री उम्मेद्वारका नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने थियो । सिनावात्राको थाई रक्षा चार्ट पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वार रूपमा उबोलरतनाको नाम पठाएको छ ।
‘देशभित्र र बाहिरको अनुभव बाँड्दै उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार हुन राजी हुनुभयो । हामीलाई विश्वास छ उहाँ उपयुक्त उम्मेद्वार हो,’ पार्टीका नेता प्रीचापल पोङपानिचले भनेका छन्, ‘हामी नियमको पालना गर्नेछौं । हामी सबै कुरा कानून अनुसार नै अगाडि बढाउँछौं । उहाँका लागि कुनै विशेष अधिकार र सुविधा हुने छैन ।’
राजसंस्थासम्बन्धी कानूनले राजपरिवार कुनै सदस्यको विरोध गर्न पाइँदैन । उम्मेद्वार बनेपछि उनको हकमा यो लागू हुन्छ कि हुन्न भन्ने अन्यौल छ । भने राजकुमारीको उम्मेद्वारीलाई लिएर विश्वले अबका गतिविधिहरुलाई बढो गम्भिरताका साथ जिज्ञासा राखेका छन् ।