काठमाडौं, जेठ २८: सरकारले लामो समयदेखि सडक निर्माण नगरेएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन्।
विस्तारका गर्नका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ ।
सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।