काठमाडौं, असाेज १६ः नेपालमा शुक्रबार थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । याे अहिलेसम्मकै उच्च हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ८२ हजार ७ सय ५० पुगेको छ ।
हालसम्मकै धेरै ३ हजार ३ सय ७ संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो एक दिनमा काठमाडाैंमा मात्रै १ हजार २ सय ८० कोरोना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जना संक्रमित गरी १ हजार ६ सय ३८ जना थपिएका छन्।