त्रुटिपूर्ण रहेको भन्दै सीपीले गरे संविधान खारेजीको माग

| 2018 Oct 24 | 05:00 pm 2106

काठमाडौँ, कात्तिक ७ :  नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष चन्द्रप्रकाश गजुरेल (सीपी)ले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह र ऋषी कट्टेलले नेतृत्व गरेको पार्टीसँग एकताका लागि वार्ता भइरहेको जनाएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन् ।

व्यापक असहमति हुँदाहुँदै बहुमतको दम्भमा ल्याइएको संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै त्रुटित्रुटीको खाँद रहेको यो संविधानलाई खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्नेमा उनको जोड थियो ।

सरकार कथनी र करणीमा आकाश जमिनको फरकमा रहेको बताउँदै नेता गजुरेलले यो सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको, सुन तस्करलाई कारवाही नगरेको र निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको आरोप लगाएका थिए । जताबाट हेर्दा पनि यो सरकार सफल भएको भन्ने ठाउँ नै नरहेको पनि गजुरेलको टिप्पणी रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.