त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते

रिपोर्ट नेपाल | 2019 May 19 | 09:02 am 1841

धादिङ, जेठ ५: पूर्व पश्चिम राजमार्ग अन्तर्गत  धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारबाट त्रिशुली नदिमा खस्यो । आइतबार बिहान भएको उक्त दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काँकडभिट्टाबाट काठमाडौंका तर्फ आइरहेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । उक्त दुर्घटनामा परी २९ जना घाइते भएका छन् । घाइते भएकाहरु मध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको प्रहरीले जनाए ।

अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको छ । दुर्घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.