चितवन,साउन ११ : काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो को छ । घटनास्थलमै दुई महिला र तीन पुरुषको मृत्यु भएको थियो भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ना ६ ख २५०६ नम्बरको बस पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल खसेको थियो । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमका अनुसार बस चितवनको इच्छा कामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको थियो ।
घाइतेहरूलाई उद्धार गरी चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरी प्रमुख गौतमले जानकारी दिए । घाइतेहरू सबैको उद्धार भइसकेको पनि प्रहरीले बताएको छ ।