काठमाडाैं, साउन २४: सर्लाहीकाे मलङगाबाट काठमाडाैंका लागि छुटेकाे यात्रुवाहक रात्रीबस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित आज बिहान त्रिशुली नदीमा खस्दा तीन जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा कति सवार थिए विस्तृत विवरण आउँन भने बाँकी रहेकाे छ ।
अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बैदवारले बताए ।
अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ र उद्दार कार्य जारी रहेको छ । सुरक्षा निकाद्वारा उद्धार कार्य भइरहेकाे पनि बताइएकाे छ ।