त्रिवि सहायक डीनलाई यौन दुर्व्यवहारको आरोपमा विद्यार्थीले दले मोसो

| 2019 Feb 20 | 03:42 pm 1482

काठमाडौं,  फागुन  ८ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्।

केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप छ। साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्।

जबर्जस्ती गरेको भन्दै छात्राले शिक्षा संकायको डीन कार्यालयमा निवेदन समेत दिएकी थिइन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.