काठमाडौं, कार्तिक १८ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदबहाली गरेका हुन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग्रहण गरेका हुन् ।