त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने

रिपोर्ट नेपाल | 2021 Mar 19 | 01:13 pm 1921

उदयपुर, चैत ६ः जिल्लाकाे चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ ।  निर्माण शुर भएको दश वर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो ।

सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने उक्त पुल विसं २०६७ मा महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनी काठमाडौंले निर्माण जिम्मा लिएको थियो । हालसम्म पुल निर्माण सम्पन्न नभएको चौदण्डी–५ का वडाध्यक्ष देवनारायण चौधरी जानकारी दिए ।

उनले पटक–पटक सम्बन्धित मन्त्रालय, विभाग र गाईघाट दिक्तेल सडक कार्यालयलाई जानकारी दिँदा पनि सुनुवाई नभएको बताए।  सो कार्यालयका प्रमुख गोपाल खकुरेलका प्राविधिक  र कोरोनाको कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको बताए । उनका अनुसार सो पुल रु ११ करोड २५ लाखमा सम्पन्न हुन लागेको हो ।

चौदण्डी नगर प्रमुख खगेन्द्र राई र  उपप्रमुख राजकुमारी चौधरीले छिटो पुल निर्माण सम्पन्न गर्न नगरपालिकाले निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.