त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नाप जाँच गरी विवरण संकलन गर्न सुरु

रिपोर्ट नेपाल | 2019 Dec 31 | 09:55 pm 2118

उदयपुर, पुस १५: जिल्लाको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नाप जाँच विवरण संकलन कार्यको सुरुवात गरेको छ।

मंगलबारदेखि नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं ६ देखि सो कार्यको थालनी गरेको हो।

नापजाँच गरी विवरण संकलनपछि उपभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ।

वडा नं ६ देखि थालिएको कार्यलाई १६ वटै वडामा विस्तार गरिने नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।

कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशन समिति नै बनाइएको छ। नगरपालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले उपभोगका आधारमा फारम भर्न निवेदन माग यस अघि गरिएकामा करिब १९ हजारले निवेदन दिएको प्रमुख चौधरीले बताए ।

प्रमुख चौधरीले वडा नं। ६ र वडा नं। १ देखि नाँप जाँचको काम थाल्ने र अन्य थप दुईवटा मेसिन किनेर सबै वडामा तीन महिनाभित्रमा नापजाँच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने बताए।

उनले विवरण संकलन लगत्तै नगरबासीलाई स्वामित्व दिने काममा नगरपालिका लाग्ने, ढिलोमा डेढ वर्ष भित्रमा नागरिकलाई स्वामित्व दिने काम पूरा गर्ने जानकारी दिए।

प्रमुख चौधरीले भने, नगरबासीको पूर्ण सहयोग मिल्नेछ भन्नेमा म विश्वस्त छु।ु ऐलानी जग्गामा शदियौंदेखि जग्गाको चासभोग रहनुका साथै लाखौं खर्चेर घर बनिसकेका छन्।

तर स्वामित्वको सामान्य निस्सा प्रमाण भने नभएको स्थानीयको गुनासो छ। त्यस्तो ठाउँमा नगरपालिकाले बस्ती उठाउन पनि नसक्ने र राजस्व पनि उठाउन नसक्ने अवस्था यथावत छ।

प्रमुख चौधरीले हाल ऐलानी जग्गाको विवरण संकलन गरी स्वामित्व दिने कामको प्रक्रिया थालिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.