त्रिभुवन विमानस्थलबाट ६९ हजार डलरसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 05 | 03:02 pm 1368

काठमाडौं, फागुन २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा सोमबार बैंकक जान लागेका उनीहरुलाई परीक्षण गर्ने क्रममा अवैधरुपमा लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको हो ।

उनीहरुमध्ये खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.