काठमाडौं, कार्तिक २७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५५ वर्षीया हङकङका नागरिक यीवा रहेकी छन् ।
विमानस्थल सुरक्षा कार्यालयले बुधबार २२ः२० मा हङकङबाट ‘कथ्या ड्रागन’ को उडानबाट नेपाल आएकी उनलाई सुनसहित पक्राउ गरेको हो ।
भन्सार एक्सरेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई ल्याएको सो परिमाणको सुन भेटिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।