त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

| 2019 Mar 03 | 02:32 pm 1758

काठमाडौँ, फागुन १९ : अवैध सुनसहित दुई जनालाई महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर राना रहेका छन् ।

उनीहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार तामाङलाई सात लाख ५१ हजार ९ सय ३५ मूल्य बराबरको २ सय ४९ ग्राम र रानासँग पाँच लाख २६ हजार १ सय ८५ मूल्य बराबरको २ सय ९ ग्राम सुनसहित पक्राउ गरेको बतए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.