त्रिभुवन विमानस्थलको भन्सारमा सहसचिव पाण्डेलाई पठाइयाे

| 2023 Jul 25 | 04:29 pm 2341

काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट १ सय किलो सुन बाहिरिए पछि विदामा बसेका विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार आइतबार राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थमन्त्रालयमा ल्याइएका पाण्डेलाई दुई दिनमै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार प्रमुखको जिम्मेवारी दिइएको छ ।

२०७९ पुसमा विद्युतीय चुरोटमा राखेर साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेको जनाइएको छ । पोखरेल बिदामा रहेकै बेला साउन ३ मा विमानस्थलपार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.