काठमाडौं, भदौ १७: शनिबार राति नौ बजेदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थल अझै सञ्चालन हुन सकेको छैन।
शनिबार राति यति एरलाइन्सको विमान चिप्लिएर दुर्घटना भएपछि विमानस्थल अवरुद्ध भएको थियो।
यतिको जहाज हटाउने काम भइरहेकोले विमास्थल अवरुद्ध भएको विमानस्थल श्रोतले जनाएको छ।
नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिदा पाँच जना घाइते भएका छन्। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।
विमानस्थल शनिबारदेखि नै दैनिक २२ घण्टा सञ्चालनमा आएको थियो। विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको थियो।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
यसअघि बिहान ६ बजे खुलेर ६:४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो।