काठमाडौँ, मंसिर २२ — फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाइ करिब १४ किलो सुनसहित भन्सार विभागले पक्राउ गरेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको र घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।
घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी पाएको भन्सार विभागले बुधबारबाटै एयरपोर्टमा कडाईका साथ् निगरानी गरिरहेको थियो । बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।
