त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, कारण यस्तो छ

रिपोर्ट नेपाल | 2018 Jul 06 | 06:49 pm 3894

काठमाडौँ, असार २२: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि विमानस्थल बन्द भएको छ। शुक्रबार विमानस्थलको धावनमार्गमा समस्या आएपछि करिब छ बजेदेखि बन्द भएको हो। विमानस्थल सञ्चालनका लागि केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

स्रोतले भन्यो, ‘धावनमार्ग पुरानो भएकाले चर्को घाम लागेको समयमा फुटेको ‘रनवे क्रयाक्’ भएकोले उडानमा समस्या आएको हो।’ रनवेमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो।

अहिले पनि समाधानका कार्य भइरहेको विमानस्थलका अधिकारीले जानकारी दिएका छन्। विगत केही समयदेखि नै धावनमार्गमा यस प्रकारको समस्या देखिँदै आएकाले समस्या समधानका लागि सात जना इन्जिनियर र अन्य कार्मचारीहरु खटाइएको विमानस्थलले जानकारी गराएको छ। विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल अधिकारीले जनाएका छन्।

विमानस्थल बन्दभएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.