त्रिपुरेश्वरमा सुविधा सम्पन्न शौचालय

रिपोर्ट नेपाल | 2022 Feb 12 | 08:14 am 2257

काठमाडौँ, माघ २९ः काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सुविधासहितको शौचालय निर्माण गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शौचालयको शुक्रबार उद्घाटन गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगो विकासका लागि वातावरणमैत्री प । र्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिबद्ध रहेको बताए । उनले भने, “सहरमा सार्वजनिक शौचालय माग गर्ने तर सहरबासीले आफ्नो घर नजिक नबनाइदिन । भन्ने सर्त राख्नाले विवाद आउला कि वा काम रोकिएला कि भनेर डराउनुपर्ने बाध्यताबीच सार्वजनिक शौचालय बनाउनु परेको छ । ”

सो अवसरमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सुविधायुक्त सार्वजनिक शौचालय बनाउने कामलाई विस्तार गर्नुपर्ने बताउँदै दबाब झेलेरै यस स्थानमा शौचालय निर्माण सम्पन्न गरिएको बताइन् । कार्यक्रममा वडा नं. ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक हीरालाल तण्डुकारले पहिले यस स्थानमा शौचालय बनाउन पाइँदैन भनेर दबाब दिएकाहरूलाई अहिले ठीक काम भएको महसुस भएको बताए ।

त्यसैगरी वडा सदस्य सरोज मुल्मीले आफ्नो कार्यकालमा भएका स्मरणीय काममध्ये सार्वजनिक शौचालय बनाउनु महत्वपूर्ण रहेको उल्लेख गरे । एरोसान नेपाल प्रतिनिधि प्रकाश अमात्यले शौचालयमा वातावरणमैत्री प्रविधि जडान भएको जानकारी दिए । शौचालयमा पुरुषका लागि पिसाब फेर्ने चारवटा र पुरुष, महिला र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच भएका दुई/दुईवटा बन्द शौचकक्ष छन् ।

शौचालयको भवनबाट आकाशे पानी सङ्कलन, प्रशोधन र प्रयोग गर्नसकिने बनाइएको छ । महिलालाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर)जस्ता सुविधा जडान गरेर सुविधायुक्त बनाइएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.