त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

| 2023 Oct 27 | 07:40 am 1373

काठमाडौँ, कार्तिक १०।काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।

किर्तिपुरस्ति त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.