त्याग र समर्पण रुद्रमणी भण्डारीबाट सिक्नुपर्छः सभापति देउवा

रिपोर्ट नेपाल | 2020 Nov 10 | 01:35 pm 6184

काठमाडौं, कात्तिक २५ः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिमा हुने इमान्दारी र त्याग बारे स्वर्गीय रुद्रमणी भण्डारी शर्माबाट सिक्नुपर्ने बताएका छन् । सभापति देउवाले स्वर्गीय भण्डारीको प्रथम बार्षिक पुण्य तिथीका अवसरमा प्रकाशित स्मृतीमा रुद्रमणी भण्डारी शर्मा नामक पुस्तकको विमोचन गर्दा बताएका हुन् ।

No description available.

सभापति देउवाले रुद्रमणी भण्डारी जस्ता असल र त्यागी नेता गुमाउनु पर्दा नेपाली कांग्रेसलाई मात्रै नभएर नेपालको लोकतान्त्रीक आन्दोलनलाई नै अपुरणीय क्षती पुगेको बताएका थिए ।

No description available.

सभापति देउवाले २०५६ सालमा आफूले टिकट दिएको प्रशंग कोट्याउँदै आफूले पाएको टिकट जित्ने सम्भावना हुँदाहुँदै पनि पार्टीको हितको लागि त्यागेको बताए । त्याग र समर्पण बारे कांग्रेसका आम कार्यकर्ताले सिक्नुपर्ने नेता देउवाको भनाई रहेको थियो ।

No description available.

विमोचन समारोहमा बरिष्ठ नेता रामचन्द्र पौडेलले रुद्रमणी जी कहिलै ठूलो मान्छे नबनेर असल मान्छे बनेको बताएका थिए । नेपाली कांग्रेसका नेता कार्यकर्ताले रुद्रमणी भण्डारीको अनुकरण गर्न सके मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

No description available.

स्वर्गीय रुद्रमणी भण्डारीकी धर्मपत्नी तथा पुस्तककी सम्पादक डा नातिमैया शर्मा मानन्धरले राजनीतिमा सेवाभाव भन्दा बनावटी बाचाहरु धेरै भएका छन् । आदर्शको भन्दा राजनीतिमा प्रतिष्पर्धाको भावनाको बोलाबोल हुने हुँदा जतिसुकै समाजवादी हुँ भन्नेहरु पनि बिलासी जिवन पद्धतीलाई अंगिकार गर्नपछि नपरेको बताएकी थिइन् ।

No description available.

आफ्ना धर्मपति रुद्रमणी भण्डारी छलकपटको राजनीतिमा निरिह हुनुभयो र आफ्नो स्वार्थलाई भन्दा जनता र विकासलाई महत्व दिएको बताउँदै डा शर्माले उहाँको देहान्तले आफ्नो परिवार मात्र नभएर सिंगो जिल्ला टुहुरो भएको बताएकी थिइन् ।

No description available.

मध्येपुर ठिमी नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले संचालन गरेको विमोचन समारोहमा उपसभापति बिजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सशांक कोइराला, सह महामन्त्री प्रकाशशरण महत, कोषध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री रामशरण महत, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री अर्जनुनरसिंह केसी, केन्द्रीय सदस्य रमेश लेखक, डा मिनेन्द्र रिजाल, एनपी साउद, डिना उपाध्याय, चन्द्र भण्डारी, मुख्य सचिव विष्णु पौड्याल र सभापति देउवाका स्वकिय सचिव भानु देउवाको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.