तोकियो काठमाडौं महानगरभित्र पार्किङ शुल्क, अनुमति लिएर पार्किङ व्यवसाय चलाउन सकिने

रिपोर्ट नेपाल | 2018 Jun 26 | 11:31 am 2929

काठमाडौं, असार १२: महानगरपालिकाले पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरी सडक छेउछाउमा पार्किङ क्षेत्र निर्धारण गरेर शुल्क तोकेको हो।

महानगरले आइतबारका नगरसभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त व्यवस्था गरेको छ।

महानगरले दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि फरकफरक शुल्क तोकेको छ। उसले एक घण्टाको दरले लाग्ने शुल्क तोकेको हो। कुनै पनि सडकको २५ प्रतिशतभन्दा बढी भाग नओगट्नेगरी पार्किङ क्षेत्र निर्धारण गरी निजी क्षेत्र वा आफैले त्यस्तो व्यवस्था गर्ने महानगरको प्रस्ताव छ।

निजी जग्गा र घरभित्र पनि पार्किङ सेवा संचालन गर्न सकिने छ तर त्यसको लागि महानगरको अनुमति लिनुपर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.