तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतलाई सर्वेन्द्र खनालकाे निर्देशन

| 2018 Jul 01 | 06:44 pm 4258

काठमाडौं, १७ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । आज प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले सो निर्देशन दिएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए ।

उनले प्रहरी कर्मचारीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्ति विकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उनले बताए । नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले व्यावसायिक रुपमा निर्भिक, इमान्दार, कर्तव्यनिष्ठ भई खुसीसाथ काम गर्न निर्देशन दिए ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.