तीन वर्षपछि विद्यालयको शिलन्यास

रिपोर्ट नेपाल | 2018 Dec 27 | 09:19 pm 2146

  • तिलाचन पाण्डे

गुल्मी, पुस १२ राष्ट्रिय पुन:निर्माण प्राधिकरण स्थापना भएको तेस्रो बर्षको अवसरमा भुकम्पबाट क्षती ग्रस्त भएको विद्यालयको शिलन्यास गरेको छ ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर७ मा रहेको भगवती माध्यमिक विद्यालयमा ४ कोठे भवनको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्षमण पराजुलीले एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् ।

२०७२ सालमा गएको भुकम्पका कारण क्षती भएका विद्यालयहरुलाई मध्यनजर राख्दै गुल्मीका १२ वटै स्थानीय तहमा विद्यालयका भवनहरु पुन:निर्माण गरिने भएको छ ।

राष्ट्रिय पुन:निर्माण कार्यक्रको विद्यालय पुन:निर्माण कार्यक्रम अन्तरगत यस आर्थिक वर्षमा नै निर्माण कार्य सम्पन्न हुने गरि विद्यालय पुन:निर्माण गरिने जिल्ला आयोजना कार्यन्वयन ईकाइ अनुदान व्यवस्थापन तथा पुर्वाधार कार्यलय गुल्मीका इन्जिनियर पारस पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुमा भुकम्पबाट क्षती भएका विद्यालयहरुबाट आवेदन माग गरी विद्यालयहरुको अवस्थालाई मध्यनजर राख्दै पुन:निर्माण गरिने दाबी गरे ।

जस अनुसार चारकोठे भवन २१ वटा , तीन कोठे भवन ५ वटा र दुईकोठे भवन १७ वटा गरी जम्मा ४३ वटा भवन पुन:निर्माण गरिने छ ।

भवनहरुको सम्झौता गर्ने कार्य ईरहेको पन्थीले जानकारी दिएका छन् भने निर्माण हुने भवन एउटै डिजाईनको हुनेछ । भुगोल र यातायातको सुबिधा लगायतलाई मध्यनजर राख्दै निर्माण कार्यको लागत अनुमान गरिएको पन्थीले जानकारी दिए ।

पुन:निर्माण गरिने मध्ये धुर्कोट गाउँपालिका वडा नम्बर–७ को भगवती माध्यमिक विद्यालयको चारकोठे शिलन्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेल र ईन्जिनियर पारस पन्थीको उपस्थितिमा शिलन्यास भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.