तीन वटा तहले कानुन र योजना बनाउदा समस्या भयाे : पूर्व अध्यक्ष

रिपोर्ट नेपाल | 2018 Aug 22 | 05:03 pm 2130

बुटवल, भदौ ६ : स्थानीय तह पुर्न संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले स्थानीय तह पुर्न संरचना आयोगको मर्म अनुसार स्थानीय तहले गति लिन नसक्दा समस्या आएको बताएका छन् । रिपोर्टस क्लब प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अहिलेको परिवर्तनमा ३ वटा तहले काम गरिरहेको भन्दै नेपालको शासन सत्ता त्यहीबाट सञ्चालनमा आएकोले  समस्या भएकाे बताएका हुन ।

अहिले सेवा प्रवाह गर्ने ईकाईहरु स्थानीय तहमा नै गएको कारण जनताको बढी भन्दा बढी सुविधा प्रवाह पाउनु पर्ने बताए । एकात्मक व्यवस्थाबाट संघीय संरचनामा गएको बेलामा यसको बुझाइमा समस्या भएकोले सघियताको अभ्यास गर्दा कानुन , शासन गर्ने क्षमता र शैली आदिले स्थानीय तहले सही रूपमा अगाडी जान नसकेको उनकाे ठहर  छ ।

उनले हिजोको दिनमा एकात्मक रूपमा एउटा तहले शासन गरिरहेको बेलामा अहिले तीन वटा तहले कानुन बनाउने, योजना बनाउने, विकास निर्माण गर्ने कार्य गर्दा अलमलमा परेको बताए । अहिले मुलुकमा संक्रमणको चक्र पुरा नभएको कारण जिम्मेवार नेताहरू मनपरी बोल्नु नहुने सुभाव दिए ।

राज्यमा शक्तिको प्रयोग गर्ने सरकारको रूपमा स्थानीय तहको पुनंसंरचना गरिएको उनको भनाई रहेको छ। कामलाई बढी भन्दा बढी ठिक ढङ्गले सेवा प्रवाह गर्नको लागि नीय तहस्थाको परिकल्पना गरिएको भन्दै नीय तह संरस्थाचना गठन गरे पनि कामलाई प्रभावकारी ढ‌‍गले आगडि बढाउनु पर्ने बताए ।

स्थानीय तहको पुर्न संरचना गर्दा सबै तत्त्वहरूको प्रयोग गरिएको जानकारी दिँदै उनले जनसङ्ख्या, भूगोल लगायतलाई आधार मानेर कार्य गरेको बताए । स्थानीय तहमा निर्माण गर्ने ऐन तथा नियमको विषयमा कतिपय संरचना संविधान सम्मत नभएको कारण कतिपय बेलामा सर्वोच्चमा पनि कुरा जाने गरेको बताए ।

अहिले स्थानीयतहमा लिइने कर र सेवाको विषयमा बढी चर्चा हुने गरेको भन्दै उनले २० वर्षसम्म चुनाव नभएको अवस्थामा विगतमा कर तिर्ने बानी हराउँदै गएकोले करको धेरै चर्चा भएको उनको बुझार्ई छ। स्थानीय तहले कर वा सेवा को विषयमा बुझाउन नसकेको कारण केही समस्या रहेको भन्दै यस विषयमा जनतालाई बुझाउपर्ने बताए ।

कर अप्रत्यक्ष हुनु भनेको राम्रो हो स्थानीय तहमा लिँदै आएको कर प्रत्यक्ष कर भएको कारण बढी चर्चा हुने गरेका धारणा राखे । कर दोहोरो लगाउन मिल्दैन । कर र सुशासन एकै पटक जान्नुपर्छ । कर माथि सुशासन तल हुँदा जनताबाट विरोध आउनु स्वाभिक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.