तीन महिने निःशुल्क कम्प्यूटर तालिम सम्पन्न

रिपोर्ट नेपाल | 2021 Mar 14 | 07:51 am 3265

  • महेश सिंह

सिरहा, चैत १ः लहान नगरपालिका –८ मा निःशुल्क रुपमा संचालन भएको तीन महिने आधारभुत कम्प्यूटर तालिम समम्पन्न भएको छ ।

समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि विद्यार्थीहरु खुशिले हर्षित भएका छन् ।

लहान नगरपालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएको तालिममा ९० जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

वडा सदस्य साहले नगरपालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तीन महिने निःशुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए ।

समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – विद्यार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तीन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए ।

उनले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै विद्यार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए ।

कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोले रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु रेडियो सरगमका फिरोज शेख नेपाल पोस्ट दैनिकका महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डलको समेत उपस्थिति रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.