तीन भाई खरेल मिलेर ददल्का माविमा ३ लाखको अक्षयकोष स्थापना

| 2022 Dec 22 | 06:18 pm 2405

  • कौरव खत्री

गुल्मी, पुस ७ः गुल्मी जिल्लाको मुसिकोट ९ स्थित रहेको ददल्का माध्यमिक विद्यालयलाई समाजसेवी तीन भाई खरेलद्धारा ३ लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । मुसिकोट नगरपालिका वडा नं.९ ददल्का जन्म स्थान भई हाल चितवन र काठमाण्डौमा बसोबास गर्दै आएका समाजसेवी डिलाराम खरेल, उँनका भाइहरु बावुराम खरेल र रामु खरेलद्वारा मुसिकोट नगरपालिका वडा नं. ९ ददल्कामा रहेको ददल्का माध्यमिक विद्यालयका गरिव, जेहेन्दार एवम् लगनशील विद्यार्थीहरुलाई प्रदान गर्ने गरि ३ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

No description available.

त्यस्तै ददल्का माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् माध्यमिक विद्यालयका सञ्चालनार्थ संस्थापक सदस्य रहेएका डिलाराम खरेल, बावुराम खरेल, रामु खरेलले हाल कर्म थलो जापानलाई बनाएर सफल व्यवसाय गदै आएका छन् ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं.९ की वडाअध्यक्ष भूमा गुरुङ्ग, समाजसेवी चन्दादाता डिलाराम खरेल, विद्यालयका प्रधानाध्यापक बुद्धिमणी खरेल, शिक्षाप्रेमी रामकृष्ण कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारि, चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रम ददल्का माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खरेलको अध्यक्षता विद्यालयका शिक्षक गोविन्द वि.क.को स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक कालिदास खरेलले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.