को बन्ला एआइजी ?

तीन एआईजी थप्ने संकेत पाएपछि डिआइजीको चलखेल

रिपोर्ट नेपाल | 2022 Jan 16 | 02:47 pm 7077

काठमाडौं, माघ २ः नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्न गरिएको प्रस्ताव मन्त्री परिषदमा पुगेर अड्कीएको छ । २०७३ सालमा तत्कालिन तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले दरबन्दी थपेर १५ बनाएको कुरालाई २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दरबन्दी कटौती गरी ३ मा झारेका थिए ।

पछि तिनै प्रधानमन्त्री ओलीले फेरि २ बढाएर विश्वराज पोख्रेल र शहकुल थाालाई एआइजी बनाएका थिए । हाल प्रहरी प्रधान कार्यालयको आग्रहमा गृहमन्त्री बालकृष्ण खाँणले दरबन्दी थपका लागि क्याबिनेटमा पेस गरेका छन् ।

गत पुस २३ गते प्रहरी प्रधान कार्यालयले तीन एआइजी थप गर्ने प्रस्ताव सहितको सुपरिवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृहमा पठाए पनि गृहमन्त्री खाँणले त्यसको सात दिनपछि क्याबिनेटमा पेस गरेका हुन् ।

एआइजी थप गर्ने संकेत पाएका नायब महानिरीक्षकहरु यतिखेर अतिरिक्त महानिरीक्षक बन्नका लागि नेताहरुको ढोका चाहार्न थालेका छन् । अहिले प्रतिष्पर्धामा रहेका नायब महानिरीक्षक मध्ये घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी संगठनमा सक्षम अधिकृतका रुपमा चिनिन्छन् । त्यस्तै रविन्द्र धानुक, वसन्त लामा, अरुण विसी, दिवेश लोहनी पनि अर्यालहरुको व्याची भएका कारण प्रतिष्पर्धामा जुटेका छन् ।

आफूसँग जागिरे जिवन शुरु गरेका व्यक्ति संगठन प्रमुख भइसकेको र हुनेवाल छन् तर घनश्याम अर्याल, धिरज प्रताप सिंह र उत्तम सुवेदी जस्ता सक्षम अधिकृत भने एआइजी बन्न पनि कसरत गर्नुपर्ने बिडम्बनाको विषय हो ।

नेपाल प्रहरीमा आफ्ना विरोधिलाई समाप्त पार्नुपर्छ भन्ने नेतृत्वको कोपाजनमा परेका यि तीन अधिकृतलाई बढुवा गर्नुपर्ने पूर्व प्रहरी अधिकृतहरु बताउँछन् । सरकारबाट आगामी क्याबिनेटबाट थप हुने एआइजी बन्नका लागि केही डिआइजीले चलखेल गरिरहेका छन् । अख्तियार प्रमुख देखि गृहमन्त्री पत्नी हुँदै शक्ति केन्द्र धाउने डिआइजीहरु यस अघि भने जनताको नजरमा त्यति राम्रा अधिकृत नभएको स्वयम् प्रहरीका अधिकृतहरु बताउँछन् ।

अर्याल, सिंह र सुवेदी जस्ता सक्षम र सवल अधिकृत यो बढुवामा छुटे भने त्यहाँ ठूलै पैसाको खेल भएको प्रमाणित हुने कुरा पनि अधिकृतहरु बताउँछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.