काठमाडाैं, कात्तिक २७ः जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको छ ।
समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।
कानूनले वर्जित गरेका तथा नगर्न र नगराउनु भनी निर्देशन दिएका क्रियाकलाप भए\गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।
मानिसको आवतजावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको अनिवार्यरुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।
